+
+
Shares
विद्यालय शिक्षा विधेयक : :

अन्तरप्रदेश र स्थानीय तह सरुवामा नवप्रवेशी शिक्षक असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विद्यालय शिक्षा विधेयकको उपसमितिको प्रतिवेदनमा अन्तरप्रदेश सरुवाको ७ वर्ष, एक प्रदेशभित्र ५ वर्ष र पालिकामा २ वर्षको व्यवस्था गरिएको छ।
  • नवप्रवेशी शिक्षक र केन्द्रीय संघर्ष समितिले उक्त सरुवा व्यवस्थालाई वैज्ञानिक नभएको र अन्यायपूर्ण भएको दाबी गरेका छन्।
  • समितिका संयोजक नेत्रलाल भट्टराईले विज्ञप्ति जारी गर्दै यस्तो नियम भूतप्रभावी नहुने र नियुक्त शिक्षकको लागि छुट्टै व्यवस्था रहने विश्वास व्यक्त गर्नुभयो।

२५ साउन, काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमाथि नव प्रवेशी शिक्षक पनि असन्तुष्ट बनेका छन् ।

संसदीय समितबाट पारित भएको उपसमितिको प्रतिवेदनमा अन्तर प्रदेश सरुवाको व्यवस्था गरिएको छ । यो व्यवस्थामाथि नवप्रवेशी शिक्षकहरुले आपत्ति जनाएका हुन् ।

पारित भएको प्रतिवेदनमा अन्तरप्रदेश ७ वर्ष, एक प्रदेशभित्र ५ वर्ष र पालिकामा २ वर्षको व्यवस्था गरिएको छ । यो वैज्ञानिक नभएको नवप्रवेशी तथा सरुवा पीडित केन्द्रीय संघर्ष समितिले दाबी गरेको छ ।

समितिका संयोजक नेत्रलाल भट्टराईले विज्ञप्ति जारी गर्दै सरुवाबारे गरिएको व्यवस्थाप्रति असहमति रहेको बताएका छन् ।

उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अन्तर प्रदेश ७ वर्ष, स्थानीय तह ५ वर्ष भन्ने कस्तो वैज्ञानिक, कुन सिद्धान्त वा तर्कमा आधारित हो बुझ्न सकिएको छैन । यस्तो अन्यायपूर्ण र भूतप्रभावी नियम बन्ने छैन । यस्तो नियम बनाएमा पनि यो ऐन जारी भएपछि नियुक्त शिक्षकको हकमा भन्ने छुट्टै व्यवस्था रहने छ भन्ने पूर्ण विश्वासमा छौं ।’

हाल कार्यरत शिक्षकहरुको हकमा भने शिक्षक सरुवा मापदण्ड शिक्षा ऐन २०२८ कै प्रावधान हुने व्यवस्था राख्न माग गरेका छन् ।

आफूहरुको मागलाई बेवास्ता गरिए न्यायका लागि कानुनी बाटो रोज्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?