
२५ साउन, काठमाडौं । विपक्षी दलहरूले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।
सभामा प्रतिवेदन पेस भएसँगै कार्यान्वयनमा जानुपर्ने भनेर विपक्षी दलहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गरेका छन् ।
आफूहरूले औपचारिक रुपमै सभामा प्रतिवेदन पेस भएपछि कार्यान्वयनमा लैजान सभाबाट नै भनेको बताउँछन् प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे ।
‘छानबिन प्रतिवेदन संसद्मा पेस भएको छ । लगत्तै हामीले उक्त प्रतिवेदन दतारुकताका साथ कार्यान्वयनमा लैजान भनेका छौं’, पाण्डेले जानकारी दिए ।
प्रतिनिधि सभाको बैठक यही साउन २७ गते बस्दैछ ।
कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन प्रतिवेदन यही साउन २० गते प्रतिनिधि सभामा पेस भएको थियो । प्रतिवेदनले विधेयकमाथिको दफावार छलफलमा गर्नुपर्ने सुधार, संसद सचिवालयले गर्नुपर्ने तयारी, सांसदहरूले ध्यान दिनुपर्ने लगायतका विषय समेत समावेश रहेका छन् ।
प्रतिक्रिया 4