+
+
Shares

‘शिरीषको फूल’ नाटक हेर्न पुगे राजेश हमालसहितका सेलिब्रेटी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजेश हमालसहितका सेलिब्रेटीले कान्तिपुर थिएटरमा नाटक ‘शिरिषको फूल’ हेरेका छन्।
  • हमालले अभिनेता जीवन लुइँटेल र अभिनेत्री सनिशा भट्टराईको अभिनयको प्रशंसा गरेका छन्।
  • हमालले राम्रो नाटकको प्रस्ताव आएमा रंगमंचमा फर्किने इच्छा राखेको प्रकाश पुरीले बताए।

काठमाडौं । राजेश हमालसहितका सेलिब्रेटीले कान्तिपुर थिएटर पुगेर नाटक ‘शिरीषको फूल’ हेरेका छन् । पत्नी मधु भट्टराईसहित पुगेका हमालले नाटक हेरिसकेपछि मुक्तकण्ठले निर्देशन र कलाकारको प्रशंसा गरे ।

नाटक हेर्न हमालसहित चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक विकास आचार्य, कलाकार नीता ढुंगाना, हरिहर अधिकारी, संजोग कोइराला पनि पुगेका थिए ।

नाटक हेरेपछि हमालले अभिनेता जीवन लुइँटेल र अभिनेत्री सनिशा भट्टराईको अभिनयको प्रशंसा पनि गरेका थिए । ‘राजेश सरले तिमीले पनि नाटक गर्न सक्दि रहेछौ भने प्रशंसा गर्नुभयो’ सनिशाले भनिन् ।

सनिशा र राजेशले हालै रिलिज भएको फिल्म ‘नरसिंहा अवतार’मा पनि सहकार्य गरेका थिए । जीवन लुइँटेललाई ‘नाइँ नभन्नू ल ७’बाट पुनरागमन गराउने चर्चाबीच निर्देशक विकास आचार्य पनि त्यहाँ पुगेका थिए ।

हमालले यसअघि अनुप बराल निदेशित नाटक ‘कोर्ट मार्सल’मा अभिनय गरेका थिए । ‘शिरिषको फूल’ हेरिसकेपछि हमालले राम्रो नाटकको प्रस्ताव आएमा रंगमंचमा फर्किने इच्छा राखेको कान्तिपुर थिएटरका प्रमुख प्रकाश पुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?