News Summary
Generated by OK AI. Editorially reviewed.- महानायक राजेश हमाल एभरेष्ट महिला भलिबल लिग टोली कर्णाली यशविसका ब्राण्ड एम्बासडर बनेका छन्।
- कर्णाली यशविसका व्यवस्थापक लोकेन्द्र गिरी र राजेश हमालबीच ब्राण्ड एम्बासडर सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
- एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुनेछ।
३ साउन, काठमाडौं । महानायक राजेश हमाल एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली कर्णाली यशविसको ब्राण्ड एम्बासडर बनेका छन् ।
दोस्रो सिजनका लागि कर्णाली यसभिसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्ध गरेको हो ।
कर्णाली यशविसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता राजेश हमालबिच शनिबार ब्राण्ड एम्बासडर सम्बन्धि सम्झैता पत्रमा हस्ताक्षर भएको हो ।
कर्णाली यशविसले महानायक राजेश हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको जनाएको छ ।
यसैगरी महानायक हमालले कर्णाली यसभिसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर दिएकोमा खुशी व्यक्त गरे ।
हमालले आफुले पनि जिवनका विभिन्न चरणमा भलिबल खेलेको स्मरण गर्दै भलिबल राष्ट्रिय खेल भएको र यसका माध्यमबाट नेपाली खेलाडीले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्ने प्रतिक्रिया दिए ।
हमालले गत वर्षको च्याम्पियन टोली कर्णाली यशविसले यो वर्ष पनि उपाधि रक्षा गर्ने विश्वास व्यक्त गरे ।
कर्णाली यशविसले प्रशिक्षकको रुपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुने एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म हुनेछ ।
प्रतिक्रिया 4