+
+
Shares

रवि लामिछाने रहेको कारागारको अनुगमन गर्दै मानव अधिकार आयोगको टोली

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते १२:३९

२६ साउन, बुटवल । रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको कारागार बसाइको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली भैरहवा आएको छ ।

केही दिनयता कारागारको ब्लक नम्बर–४ मा रहेका रास्वपा सभापति लामिछानेको सुविधाको विषयमा समाचार आएपछि मानव अधिकार आयोगको टोलीले कारागारको अनुगमन गर्न लागेको हो ।

अनुगमन टोलीमा मानवअधिकार आयोगकी सदस्य लिली थापा, आयोगका लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रीमा बीसीलगायत सहभागी छन् ।

केही दिनअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लामिछानेलाई कारागारमा पत्रपत्रिका पढ्न नदिइ सूचनाको अधिकारबाट वञ्चित गरिएको, बस्ने कोठा असुविधाजनक रहेको बताएका थिए । त्यसलगत्तै सञ्चार माध्यममा विभिन्न कोणबाट समाचार प्रकाशित/प्रसारित भएका थिए ।

समाचार आएपछि कारागार प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेलाई विभेद नगरेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?