+
+
Shares

‘मोहर’को ३ दिने कमाई करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते १२:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक कथावस्तुमा आधारित फिल्म 'मोहर'ले प्रदर्शनको ३ दिनमा सिनेपाः बक्सअफिसमा १ करोड १ लाख ६४ हजार ३३० रुपैयाँ ग्रस कमाई गरेको छ।
  • शनिबारको जनैपूर्णिमा र आइतबारको गाईजात्रा बिदामा फिल्म 'मोहर'को कमाइ सुखद देखिएको छ।
  • ओम प्रतीक निर्देशित फिल्म 'मोहर'ले सुदुरपश्चिमको देउकी प्रथाको कथा भन्छ र यसमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाहीको अभिनय छ।

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा १ करोड रुपैयाँ ग्रसको कमाइ गरेको छ ।

फिल्मले प्रदर्शनको ३ दिनमा (आइतबार बेलुकासम्म) बक्सअफिसमा १ करोड १ लाख ६४ हजार ३३० रुपैयाँ ग्रस कमाई गरेको हो ।

शनिबारको जनैपूर्णिमा बिदा र आइतबार परेको गाईजात्रा बिदामा फिल्मको कमाइ सुखद देखियो ।

ओम प्रतीक निर्देशित फिल्मले सुदुरपश्चिमको देउकी प्रथाको कथा भन्छ । पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाहीको अभिनय यसमा छ ।

शुक्रबार नै सौगात मल्ल स्टारर अर्को नेपाली फिल्म ‘सिटामोल’ पनि रिलिज भएको थियो ।

असोज १५ गते चलचित्र विकास बोर्डले रियल टाइम बक्सअफिस सुरु गरेको थियो । बक्सअफिसको नाम सिनेपाः राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?