+
+
Shares

बलान खोलामा डुबेर बालक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते १५:५१

२६ साउन, जनकपुरधाम । सिरहा र सप्तरीको सीमा भएर बग्ने बलान नदीमा एक बालक डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिरहाको सखुवानन्कारकटी गाउँपालिका –३ बरियारपुर बस्ने शिव कुमार यादवका १४ वर्षीय छोरा घनश्याम यादव रहेका छन् ।

आज बिहान १० बजेतिर स्थानीय उत्सवको लागि भगवानपुर गाउँपालिका १ स्थित बलान खोलामा जल भर्न गएको बेला उनी बेपत्ता भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार बालकको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजबिन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?