+
+
Shares

लोसपामा अनिल झा निष्क्रिय, पार्टी छाड्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ नेता अनिल कुमार झा लोकतान्त्रिक समाजवादी पार्टीबाट निष्क्रिय भएका छन् र पार्टीको बैठकमा पाँच/छ महिनादेखि सहभागी हुन छाडेका छन्।
  • स्रोतका अनुसार उनी लोसपा औपचारिक रुपमा छाड्ने तयारीमा छन्।
  • झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट निर्वाचित भएका थिए र खानेपानी मन्त्री समेत भएका थिए।

२७ साउन, काठमाडौं । वरिष्ठ नेता अनिल कुमार झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा निष्क्रिय भएका छन् ।

लोसपाका नेता राम प्रकाश चौधरीले अनिल कुमार झा पार्टीको बैठकमा सहभागी हुन छाडेको जानकारी दिए ।

‘उहाँ पार्टीको बैठकमा आउन छाड्नु भएको ५/६ महिना जति भयो’ चौधरीले भने, ‘औपचारिक रुपमा उहाँले पार्टी छाड्नु भएको जानकारी छैन । पार्टीलाई जानकारी नभएपछि मलाई पनि थाहा हुने कुरा भएन ।’

उनी २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । झा खानेपानी मन्त्री समेत भएका थिए । २०७९ को चुनावमा भने उनी पराजित भए ।

झा विद्यार्थी जीवनदेखि नै राजनीतिमा छन् । सद्भावना पार्टीमा आवद्ध भएर राजनीतिक जीवन सुरु गरेका उनी लामो समय सोही पार्टीमा रहे । मधेश केन्द्रित दल जुट्ने र फुट्ने प्रक्रियामा उनी विभिन्न पार्टीमा आवद्ध हुन पुगे । पछिल्लो समय लोसपामा रहेका उनी उक्त पार्टीमा सक्रिय छैनन् ।

स्रोतका अनुसार नेता झा लोसपा औपचारिक रुपमै छाड्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?