+
+
Shares

राजनराज शिवाकोटी तीज अवसरमा अस्ट्रेलियामा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली गायक राजनराज शिवाकोटीले तीजको अवसरमा अस्ट्रेलियामा १६, १७ र २३ अगस्टमा तीन सांगीतिक कार्यक्रममा प्रस्तुति दिनेछन्।
  • १६ अगस्टमा सेन्ट्रल कोस्टा, १७ अगस्टमा क्याम्रुन पार्क न्यू साउथ वेल्स र २३ अगस्टमा म्यारियन रोड प्लाम्प्टन पार्कमा कार्यक्रम आयोजना गरिएको छ।
  • एनआरएनए नारी निकुञ्ज साउथ अस्ट्रेलियाले २३ अगस्टमा आयोजना गर्न लागेको कार्यक्रममा शिवाकोटीले प्रस्तुति दिनेछन्।

काठमाडौं । चर्चित नेपाली गायक तथा संगीतकार राजनराज शिवाकोटी अस्ट्रेलियामा गुञ्जिने भएका छन् । तीजको अवसरमा त्यहाँका विभिन्न स्थानमा आयोजना गरिएका ३ कार्यक्रममा उनले प्रस्तुति दिनेछन् ।

१६ अगस्टमा सेन्ट्रल कोस्टा र १७ अगस्टमा क्याम्रुन पार्क न्यू साउथ वेल्समा हुने कार्यक्रममा शिवाकोटीले गाउँदैछन् ।

एनआरएनए नारी निकुञ्ज साउथ अस्ट्रेलियाले २३ अगष्टमा आयोजना गर्न लागेको कार्यक्रममा पनि शिवाकोटीले प्रस्तुति दिनेछन् । यो कार्यक्रममा म्यारियन रोड प्लाम्प्टन पार्कमा हुँदैछ ।

तीजको अवसरमा नेपाली समुदायले अस्ट्रेलियाका विभिन्न थलोमा सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिरहेका छन् । त्यसका लागि नेपालबाट त्यहाँ जाने कलाकारलाई भ्याइनभ्याइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?