+
+
Shares

अस्ट्रेलियाको तीज कार्यक्रम : शिवाकोटीसँगै गाउँदै, नाच्दै रमाए नेपाली

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संगीतकार राजनराज शिवाकोटीले अस्ट्रेलियाको सेन्ट्रल कोस्ट र न्यूक्यासलमा तीजको अवसरमा बहुचर्चित गीतहरू प्रस्तुत गरे।
  • सेन्ट्रल कोस्टमा तीज फरक शैलीमा मनाइएको नेपाली कम्युनिटिका अध्यक्ष सन्तोश शर्माले बताए।
  • शिवाकोटीले अगस्ट २३ मा एडिलेडमा हुने एनआरएनए नारी निकुन्ज साउथ अष्ट्रेलियाको तीज कार्यक्रममा पनि प्रस्तुति दिनेछन्।

काठमाडौं । नेपालबाट तीजको कार्यक्रमका लागि अस्ट्रेलिया पुगेका संगीतकार तथा गायक राजनराज शिवाकोटीले सेन्ट्रलकोस्ट र न्यूक्यासलमा आफ्नो प्रस्तुति राखेका छन्

उनले आफ्ना बहुचर्चित सुर्केथैली खै, पूर्व-पस्चिम रेल, चेप्टे चेप्टे पेरुङ्गो कुटुमाकुटु, गोजीमा दाम छैन लगायत दर्जनौं गीत मार्फत दर्शकलाई मनोरञ्जन गराए ।

सेन्ट्रल कोस्टमा यो पटकको तीज फरक शैलीमा मनाइएको नेपाली कम्युनिटिका अध्यक्ष सन्तोश शर्माले जानकारी दिए ।

नेपाली माटोमा उभिएर माटोकै सुगन्ध भेटिने गीतहरू भएका कारण सबै दर्शक स्रोताहरुले उनलाई मन पराएको शर्माले बताए।

सर्वाधिक चर्चा पाएका गीतहरू प्रत्यक्ष सुन्न र नाच्न आएका सहभागीहरू सँगसँगै नाच्दै र गाउँदै रमाइलो गरे।

शिवाकोटीले करिब दुई घण्टासम्म आफ्नो प्रस्तुति दिए ।

यसपछि २३ अगस्ट शनिबारको दिन एनआरएनए नारी निकुन्ज साउथ अष्ट्रेलियाको आयोजनामा एडिलेडमा हुने तीजको कार्यक्रममा शिवाकोटीले प्रस्तुति राख्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?