+
+
Shares

राप्रपा युवा संगठनको काठमाडौं अधिवेशनमा हात हालाहाल

केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहाल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १२:५१

२८ साउन, काठमाडौं । राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा विवाद भएपछि हात हालाहाल भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशनमा हात हालाहालको स्थिति आएपछि प्रहरी परिचालन गरिएको छ ।

केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहाल भएको हो । त्यसपछि माइकिङ गर्दै औपचारिक कार्यक्रम सुरु नभइसकेकाले धैर्यपूर्वक बस्न आह्वान गरिएको थियो ।

राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद छ । युवा संगठनमा पनि सोही पक्षबीच भएको हो ।

अधिवेशन विथोलिने अवस्था बनेपछि अध्यक्ष लिङ्देनले शान्त रहन आग्रह गरेका छन् । हो हल्ला गर्नेसँग पार्टी टुलुटुल हेरेर नबस्ने लिङ्देनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?