+
+
Shares

जोनी डेप ‘पाइरेट्स अफ द क्यारिबियन’मा फर्किन लागेका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माता जेरी ब्रुकहाइमरले अभिनेता जोनी डेप फेरि 'क्याप्टेन ज्याक स्प्यारो'को भूमिकामा देखिने संकेत दिएका छन्।
  • ब्रुकहाइमरले भने, 'यदि उनलाई यो पात्रको कथा मनपर्‍यो भने, मलाई लाग्छ उनले पक्कै पनि यो भूमिका निर्वाह गर्नेछन्।'
  • जोनी डेप र डिज्नीबीचको विवादका बाबजुद, छैटौं 'पाइरेट्स अफ द क्यारिबियन' फिल्मका लागि डेपलाई फिर्ता ल्याउन निर्माता इच्छुक छन्।

लस एन्जलस । ‘क्याप्टेन ज्याक स्प्यारो’को भूमिकाको लागि नयाँ सुपरस्टारको खोजी भइरहेको खबर आए पनि यसमा नयाँ अपडेट छ ।

निर्माता जेरी ब्रुकहाइमरले अभिनेता जोनी डेप फेरि ‘क्याप्टेन ज्याक स्प्यारो’को भूमिकामा देखिने संकेत दिएका छन् ।

प्रसिद्ध हलिउड फ्रान्चाइजी फिल्म ‘पाइरेट्स अफ द क्यारिबियन’को पाँचौं श्रृंखला ’डेड मेन टेल नो टेल्स’ रिलिज भएको लगभग ८ वर्ष बितिसकेको छ । निर्माता ब्रुकहाइमरले यसबारे जानकारी दिएका हुन् ।

अमेरिकी अखबार ‘इन्टरटेनमेन्ट विक्ली’सँगको कुराकानीमा निर्माता ब्रुकहामइमरले अभिनेता डेप र छैटौं सिरिजलाई लिएर कुराकानी गरेका छन् । डिज्नी डेपसँग अलग भएपनि आफूले ‘सिटी अफ लाइज’ स्टारलाई फिर्ता ल्याउन चाहेको उनको भनाइ छ ।

डेपले सन् २००३ मा ‘द कर्स अफ द ब्ल्याक पर्ल’मा पहिलो पटक ज्याक स्प्यारोको भूमिका निर्वाह गरेका थिए । यसपछि उनले सन् २००६ मा ’डेड म्यान्स चेस्ट’, २००७ मा ’एट वल्ड्र्स एन्ड’, २०११ मा ’अन स्ट्रेन्जर टाइड्स’ र सन् २०१७ मा ’डेड मेन टेल नो टेल्स’ मा उही प्रसिद्ध भूमिका निर्वाह गरेका थिए ।

ब्रुकहाइमरले बताएअनुसार जोनी डेप फेरि ज्याक स्प्यारोको भूमिका निर्वाह गर्न तयार छन् । उनले भने, ’यदि उनलाई यो पात्रको कथा मनपर्‍यो भने, मलाई लाग्छ उनले पक्कै पनि यो भूमिका निर्वाह गर्नेछन् ।’

‘पाइरेट्स अफ द क्यारिबियन’ फ्रान्चाइजीको छैटौं फिल्मको बारेमा २०१९ देखि नै छलफल भइरहेको छ, तर निर्माताले अहिलेसम्म कुनै आधिकारिक अपडेट दिएका छैनन् । ब्रुकहाइमरले भनेका थिए कि उनी अझै पनि यसमा क्याप्टेन ज्याक स्प्यारोलाई हेर्न चाहन्छन् ।

अभिनेता र डिज्नी बीचको चलिरहेको विवादको बीचमा, हेनरी क्याभिल अर्को ’क्याप्टेन ज्याक स्प्यारो’ हुन सक्छन् भन्ने खबर आएको थियो ।

’सुपरम्यान’ र ’द विचर’ मा आफ्नो भूमिकाका लागि प्रसिद्ध क्याभिलले यो प्रतिष्ठित समुद्री डाकूको भूमिका खेल्न सक्छन् भन्ने धेरै चर्चा थियो । यद्यपि, अब यो खबर पूर्णरूपमा विराम लागेको देखिन्छ ।

एम्बर हर्डसँग चलिरहेको घरेलु हिंसाको मुद्दाको क्रममा, जोनी डेपले आफूसँग डिज्नीले सम्बन्ध तोड्ने अनुमान गरेका थिए ।

विशेष गरी सन् २०१८ मा प्रकाशित एउटा लेखपछि, जसमा उनकी पूर्वपत्नी हर्डले घरेलु हिंसाको शिकार भएको बारेमा कुरा गरेकी थिइन् ।

सन् २०१६ मा एम्बर हर्डले जोनी डेपसँग सम्बन्धविच्छेदको लागि निवेदन दिएकी थिइन् र उनीमाथि शारीरिक दुव्र्यवहारको आरोप लगाएकी थिइन् ।

डेपले हर्डको एउटा लेखले आफ्नो करियरलाई क्षति पुर्‍याएको दाबी गर्दै हर्डविरुद्ध ५ करोड डलरको मानहानि मुद्दा दायर गरेका थिए । त्यसपछि हर्डले डेपविरुद्ध १०० मिलियन डलरको मानहानिको मुद्दा दायर गरे, जसमा उनका वकिलले आफ्नो बयानबाट उनलाई बदनाम गरेको आरोप लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?