
२८ साउन,काठमाडौं। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले १२ जना पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
आफ्नो २६ औं स्थापना दिवसमा फोनिजले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ र खेलकुदमन्त्री तेजुलाल चौधरीको हातबाट पुरस्कार तथा सम्मान गरेको हो ।
फोनिज पत्रकारिता सम्मान २०८२ बाट गजुरधन राई, अमरध्वज लामा र राजवंशी भाषाका त्रैमासिक पत्रिका कोचिला सामान सम्मानित भएका छन् । सम्मानको राशि नगद ३१ हजार र सम्मानपत्र रहेको छ ।
फोनिज पत्रकारिता पुरस्कारबाट पत्रकार सविन प्रियसन, मुनेस रायो मगर, बन्दना दनुवार पुरस्कृत भए । उनीहरूलाई नगद २५ हजार रुपैयाँ र प्रमाणपत्रले प्रदान गरिएको छ। यस्तै अमेरिकामा रहेर पत्रकारिता गरिरहेकी पत्रकार मच्छे गुरुङलाई फोनिज प्रवास अवार्ड २०८२ ले सम्मानित गरिएको छ।
यसैगरी फोनिज मलेसिया पुरस्कारबाट सपना थामी र ज्ञानेन्द्र तामाङ पुरस्कृत भए । उनीहरूले नगद १० हजारसहित सम्मानपत्र पाए ।
फोनिज युके पत्रकारिता पुरस्कार २०८२ बाट आश गुरुङ र डोल्मा शेर्पा र फोनिज बागमती प्रदेश समितिबाट स्थापना गरिएको फोनिज पुरस्कार २०८२ बाट पूर्णबहादुर मगर पुरस्कृत भए ।
सम्मानित र पुरस्कृतहरुलाई सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सम्मान पुरस्कार प्रदान गरे ।
कार्यक्रममा थारू, तामाङ, मगर, नेवा र शेर्पा समुदायको नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया 4