+
+
Shares

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध पत्रकारहरू सडकमा (तस्वीरहरू)

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ भदौ २२ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध पत्रकारहरूले माइतीघरमण्डलामा प्रदर्शन गरेका छन्।
  • नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले ब्यानरसहित 'सञ्जाल बन्द, आवाज बन्द' लगायतका नारा लगाएका छन्।
  • प्रदर्शनकारीहरूले अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार भएको भन्दै जनताको मुख थुन्न नपाइने बताएका छन्।

२२ भदौ, काठमाडौं। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध पत्रकारहरूले प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरु, महासंघका वर्तमान पदाधिकारीहरू, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘ सञ्जाल बन्द, आवाज बन्द’, जनताको मुख थुन्न पाइँदैन,’ ‘अभिव्‍यक्ति स्वतन्त्रता हाम्रो अधिकार,’  ‘सरकारले हान्यो पेटमा लात, खोसियो हाम्रो दाल र भात,’ अलोकतान्त्रिक निर्णय फिर्ता गर ‘लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

पत्रकार अगुवाहरुले सामाजिक प्लेटफर्म बन्द गरेर सरकारले नागरिकको अधिकार हनन गरेको भन्दै तत्काल निर्णय फिर्ता हुनुपर्ने माग गरेका थिए ।

सरकारले सर्वोच्च अदालतको आदेशलाई स्वीकार्दै तथा  सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम फेसबुक, एक्स, युट्युब, ह्वाट्सएपलगायतका २६ बढी सामाजिक सञ्जाललाई सूचीकरण नगरेको भन्‍दै बन्द गर्न दूरसञ्‍चार प्राधिकरणलाई निर्देशन दिएको थियो।

त्यसपछि दूरसञ्‍चार  प्राधिकरणले सूचीकरण नभएका सामाजिक सञ्जालहरू (प्राधिकरणले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स(ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलगायत )लाई बन्द गर्न आइएसपीलाई परिपत्र गरेको थियो।

सामाजिक सञ्जाल बन्‍द भएपछि कन्टेन्ट क्रिएटर र स्टार्टअपलगायतका कम्पनीहरूलाई असर गरेको छ ।

हेर्नुहोस् थप तस्वीरहरू :

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?