
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारीलाई कामको गति बढाउन निर्देशन दिएका छन्।
- उनले आधुनिक, विकसित र समृद्ध नेपाल बनाउन सबै मन्त्रालयलाई समन्वय गरी सक्रिय योगदान दिन आग्रह गरेका छन्।
- प्रधानमन्त्री ओलीले स्वच्छता, पारदर्शीता र सुशासनमा सुधार गर्दै विकासका काममा तीव्रता दिनुपर्ने बताए।
२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुखलाई निर्देशन दिँदै अब कामको गति बढाउन निर्देशन दिएका छन् ।
‘अब लर्याङतर्याङ गरेर हुँदैन । सरकार चल्नका लागि त यसै पनि चल्छ तर देशमा परिवर्तन ल्याउने हो भने कामको गति बढाउनैपर्छ,’ उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै भने ।
उनले आधुनिक, विकसित र समृद्ध नेपाल बनाउन सबै मन्त्रालयलाई समेत उचित समन्वय हुने गरी आफ्नो ठाउँबाट सक्रिय योगदान दिन आग्रह गरे ।
‘स्वच्छता, पारदर्शीता र सुशासनका क्षेत्रमा व्यापक सुधार गर्दै जनतालाई प्रभावकारिता रुपमा सेवा र सहुलियत दिनुपर्छ । विकासका काममा तीव्रता दिनुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘यसका लागि हामीले कतै अवरोध छ भने हटाउनुपर्छ । प्रविधि र दक्षताको उपयोग गर्नुपर्छ । दिगो विकसका लक्ष्य पूरा गर्न, नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न र सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टबाट हटाउन कसले के गर्नुपर्छ, त्यो तदारुकताका साथ गर्नुपर्छ ।’
प्रतिक्रिया 4