+
+
Shares

सांसद मण्डललाई ‘शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार’

स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित समारोहमा जीवन विकासका संस्थापक मण्डललाई २ लाख राशीकाे शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार प्रदान गरिएको हो। यो पुरस्कार हरेक २ वर्षमा प्रदान हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते २१:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डललाई आर्थिक वर्ष २०८०/८१ का लागि शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार प्रदान गरिएको छ।
  • स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिकोत्सवमा जीवन विकास लघुवित्त संस्थालाई वातावरण मैत्री स्वावलम्बन गाउँ प्रवर्द्धनमा प्रशंसापत्र दिइएको छ।
  • कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्र र छिमेक लघुवित्तलाई थ्री जिरो क्लब र संस्थागत उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियो।

२८ साउन, विराटन। मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डललाई “शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार” प्रदान गरिएको छ । उनी जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक हुन्।

स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित समारोहमा जीवन विकासका संस्थापक मण्डललाई २ लाख राशीकाे शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार प्रदान गरिएको हो। यो पुरस्कार हरेक २ वर्षमा प्रदान हुन्छ ।

मण्डललाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पुरस्कार हस्तान्तरण गरे।

लघुवित्त क्षेत्रको विकास तथा सदस्यहरूको सामाजिक र आर्थिक रूपान्तरणमा उत्कृष्ट योगदान पुऱ्याए बापत आर्थिक वर्ष २०८०/८१ का लागि मण्डललाई पुरस्कार प्रदान गरेको केन्द्रले जनाएको छ।

सोही कार्यक्रममा केन्द्रले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, कटहरीलाई पनि “वातावरण मैत्री स्वावलम्बन गाउँ” को प्रवर्द्धन तथा विकासमा उल्लेखनीय योगदान पुर्‍याए बापत प्रशंसापत्र प्रदान गरेको छ। सञ्चार मन्त्री गुरुङले जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डललाई प्रशंसा पत्र प्रदान गरे ।

साेही कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्र,दाङलाई थ्री जिरो क्लब गठन विस्तार र प्रवर्द्धन गरे बापत उत्कृष्ट सहयोगी संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाका प्रबन्धक प्रकाश राजवंशीलाई थ्री जिरो क्लब गठनमा सहयोग गरे बापत प्रशंसापत्र प्रदान गरेको छ ।

कार्यक्रममा नवलपरासीकी विमला थारू, सलयानकी आशा बुढामगर,सर्लाहीकी जमुना घिमिरेलाई उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार प्रदान गरिएको थियो।

छिमेक लघुवित्त वित्तीय संस्थालाई संस्थागत उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?