
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाले नेपाल सरकारले मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीहरूलाई दण्डित नगरेको उल्लेख गरेको छ।
- सन् २०२४ को मानव अधिकार प्रतिवेदनमा नेपालमा गत वर्षभन्दा मानवअधिकारको अवस्थामा कुनै महत्वपूर्ण परिवर्तन नदेखिएको छ।
- प्रतिवेदनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र तिब्बती समुदायका सांस्कृतिक पर्व मनाउन नदिने विषयमा सरकारको सीमितता उल्लेख गरेको छ।
२८ साउन, काठमाडौं। अमेरिकाले नेपाल सरकारले मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीहरूलाई छानबिन गर्ने विश्वसनीय प्रयासहरू गरेपनि दोषी ठहर गरिएका अधिकारीहरूलाई नियमित रूपमा दण्डित नगरेको उल्लेख गरेको छ ।
अनलाइनबाट बुधबार सार्वजनिक सन् २०२४ को अन्तर्राष्ट्रिय मानव अधिकार प्रतिवदेनमा वर्षभरि नेपालमा मानवअधिकारको अवस्थामा गत वर्षभन्दा कुनै महत्वपूर्ण परिवर्तन नदेखिएको उल्लेख छ ।
प्रतिवेदनमा गैरकानुनी हत्या, यातना वा अमानवीय, क्रूर, अपमानजनक व्यवहार वा सजाय, थुना, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध, गैरन्यायीक गिरफ्तारीहरू र जबरजस्ती श्रमसहितको मानव बेचबिखन लगायतका विषयमा केन्द्रित रहेर प्रतिवेदन बनाइएको छ ।
संविधान र कानुनले अभिव्यक्तिको स्वतन्त्रता, प्रेस तथा अन्य सञ्चार माध्यमका सदस्यहरूका लागि सुनिश्चित गरे पनि मानवअधिकार कानुनविद्हरू र केही पत्रकारहरूले संविधान र कानुनहरू अस्पष्ट भएको र त्यसले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता सीमित गर्न सक्ने ठाउँ दिएको बताएको प्रतिवदेनमा छ ।
सरकारले तिब्बती समुदायका व्यक्तिलाई सांस्कृतिक रूपमा महत्वपूर्ण पर्वहरू मनाउन नदिई अभिव्यक्ति स्वतन्त्रता सीमित गरेको प्रतिवेदनमा छ । पत्रकार महासंघ र गैरसरकारी संस्थाहरूलाई उद्धृत गर्दै प्रतिवेदनमा केही पत्रकारहरूले सेल्फ–सेन्सरसिप अपनाउनुपर्ने अवस्था पनि रहेको उल्लेख छ । सरकारले सञ्चारमाध्यमको सुरक्षा र स्वतन्त्रता कायम राख्न पर्याप्त प्रयास नगरेको पनि प्रतिवेदनमा छ ।
प्रतिक्रिया 4