
News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन डिस्टिलरीको गत आर्थिक वर्षको खुद नाफा ९५ करोड ३२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३६ करोड ५० लाखभन्दा २.६ गुणा बढी हो।
- कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्ष ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब १५ करोडभन्दा धेरै हो।
- प्रतिसेयर आम्दानी गत आर्थिक वर्ष ३१ रुपैयाँ २ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको ११ रुपैयाँ ८८ पैसा भन्दा बढि हो र बजार मूल्य १३३३ रुपैयाँ छ।
२९ साउन, काठमाडौं । हिमालयन डिस्टिलरीको नाफा २.६ गुणा बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९५ करोड ३२ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३६ करोड ५० लाख रुपैयाँ थियो । कम्पनीको बिक्री आम्दानी बढेपछि नाफामा प्रभाव देखिएको हो ।
कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्ष ७ अर्ब २० करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो आम्दानी जम्मा ४ अर्ब १५ करोड थियो ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८८ पैसा रहेकोमा गत आर्थिक वर्ष ३१ रुपैयाँ २ पैसा छ ।
प्रतिसेयर नेटवर्थ १३५.८४ रुपैयाँ रहेको कम्पनीको बजारमा सेयर मूल्य १३३३ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4