+
+
Shares

राज्य व्यवस्था समितिकै सदस्यबाट सभापति बनाउने कांग्रेसको तयारी

रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पदमा नयाँ व्यक्ति पठाउने विषयमा कांग्रेसमा अनौपचारिक छलफल सुरु भएको छ । राज्यमन्त्री सरहको सेवा सुविधा प्राप्त हुने उक्त पदमा राज्य व्यवस्था समितिका कांग्रेस सांसदबाट नै सभापति बनाउने तयारी गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन्।
  • कांग्रेसले खतिवडाको राजीनामापछि उक्त समिति सभापति पदमा नयाँ व्यक्ति पठाउने विषयमा अनौपचारिक छलफल सुरु गरेको छ।
  • सभापतिमा कांग्रेसका दिलेन्द्र बडू, सरिता प्रसाईं, हृदयराम थानी र अम्बिका बस्नेत मध्येबाट एक जनालाई चयन गर्ने तयारी भइरहेको छ।

२९ साउन, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पदमा सम्भावित व्यक्तिहरूबारे नेपाली कांग्रेसमा चर्चा सुरु भएको छ ।

संघीय निजामति विधेयकमा रहेको कुलिङ अफ पिरियडको व्यवस्था हेरफेरमा खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले ठहर गरेपछि उनले राजीनामा दिएका थिए ।

उनले राजीनामा दिएको पदमा नयाँ व्यक्ति पठाउने विषयमा कांग्रेसमा अनौपचारिक छलफल सुरु भएको छ । राज्यमन्त्री सरहको सेवा सुविधा प्राप्त हुने उक्त पदमा राज्य व्यवस्था समितिका कांग्रेस सांसदबाट नै सभापति बनाउने तयारी गरिएको छ ।

उक्त समितिमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू ईश्वरी न्यौपाने, रामहरि खतिवडा, दिलेन्द्र बडू, सरिता प्रसाईं हृदयराम थानी र अम्बिका बस्नेत सदस्य छन् ।

समिति सभापतिमा दोस्रो तहका कुनै एक नेता पठाउने तयारी कांग्रेसले गरेको छ । महामन्त्री शर्माको चर्चा चलेपछि उनले त्यसको खण्डन गरेका छन् । शर्माले अनलाइनखबरसँग भने, ‘राज्य व्यवस्था समितिमाको सभापति को बनाउने कुरामा म लाग्ने हो । आफू बन्ने भन्ने कुरामा लाग्ने नै होइन । विश्वप्रकाश शर्माले इच्छा राखेको भए रामहरि खतिवडा बनेकै बेलामा बन्थ्यो नि त ।’

राज्य व्यवस्था समितिमा कांग्रेसका ९ सांसद छन् । शीर्ष तहका नेताहरूको रुचि नहुनु, खतिवडाले राजीनामा दिएका र ईश्वरी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति समेत रहेकाले बाँकी अन्य सांसदबाट सभापतिको खोजी गरिने भएको छ ।

संसदीय सुनुवाइ समितिका अर्को समितिको सदस्य समेत रहन सक्ने भएकाले न्यौपाने फरक समितिमा सभापति छन् ।

कांग्रेस नेताहरूका अनुसार बाँकी चार मध्येबाट एक जना सभापति बनाउने गरी अनौपचारिक छलफल भइरहेको छ । दिलेन्द्र बडू, सरिता प्रसाईं, हृदयराम थानी र अम्बिका बस्नेत मध्येबाट समिति सभापति हुने कांग्रेसका एक पदाधिकारीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?