+
+
Shares

अनिल झाले गरे सद्‌भावना पार्टी पुनर्गठन, आयोगले दियो मान्यता

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १४:०२

२९ साउन, काठमाडौं । नेपाल सद्‌भावना पार्टी पुनर्गठन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्‌भावना पार्टी पुनर्गठन गरेका हुन् ।

उनले पुनर्गठन गरेको पार्टीलाई हिजोमात्रै निर्वाचन आयोगले मान्यता दिएको छ ।

मधेशवादी ६ वटा दल एकीकरण हुँदा सद्भावना पार्टी ०७४ सालदेखि निष्क्रिय थियो ।

झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । झा खानेपानीमन्त्री समेत भए । २०७९ को चुनावमा भने उनी पराजित भएका थिए ।

उनी पुन: लोसपा छाडेर सद्‌भावना पार्टीमा सक्रिय भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?