+
+
Shares

एमआरपी कार्यान्वयनमा अडिग वाणिज्य विभागका महानिर्देशक दहालको सरुवा

वाणिज्य विभागको जिम्मेवारी सम्हालेको ६ महिना नपुग्दै दहाल राष्ट्रिय समावेशी आयोगमा सरुवा भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १५:३३

२९ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दहाल सरुवा भएका छन् ।

सरकारले दहाललाई सोमबार राष्ट्रिय समावेशी आयोगमा सरुवा गरेको हो । २१ साउन २०८१ मा दहालले विभागको महानिर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए । जिम्मेवारी सम्हालेको ६ महिना नपुग्दै दहाल राष्ट्रिय समावेशी आयोगमा सरुवा भएका हुन् ।

२०७३ सालमा खुला प्रतिस्पर्धा मार्फत सहसचिवमा सिफारिस भएपछि दहालले पहिलो जिम्मेवारी नै वाणिज्य विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए ।

सरकारले प्रत्येक उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरेको छ । दहाल महानिर्देशक भएर आएपछि सोही एमआरपी कडाइसाथ लागु गर्न उनी कडिकडाउ साथ प्रस्तुत भएका थिए ।

एमआरपी अनिवार्य लागु तथा बजार अनुगमन कडाइ गर्दै एआरपी लेबल नलगाउने व्यवसायीलाई विभागले दैनिक जरिबाना तिराउँदै आएको छ । एमआरपीमा कडाइ गरेपछि उद्योगी–व्यवसायीले आपत्ति जनाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?