
News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको बोडेमा चार दिन चार रात मनाइने नीलबाराही नाच आज सकिँदै छ।
- नीलबाराही नाच गुंलागा द्धितीयाबाट गुंलागा पञ्चमीसम्म चार दिनसम्म नचाइन्छ।
- नीलबाराही नाचमा १९ जना देवीदेवताको भेषमा सहभागी हुन्छन् र उनीहरूले खाना खानु र बोल्नु हुँदैन भन्ने मान्यता छ।
२९ साउन, काठमाडौं। भक्तपुरको बोडेमा देवीदेवताको भेषमा नीलबाराही नाच देखाइएको छ । चार दिन चार रात मनाइने नीलबाराही नाच आज सकिँदै छ ।
चार दिनअघि मध्यरातमा सुरु भएको नीलबाराही नाच बोडेको नारायणस्थान लाछीबाट सुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै नारायणथानमै पुगी समापन गरिन्छ। नीलबाराही नाच बोडेमा गुंलागा द्धितीयामा सुरु भई गुंलागा पञ्चमीसम्म चार दिनसम्म नचाइन्छ ।
नीलबाराही नाच कहिलेदेखि सुरु भएको भन्ने यकिन प्रमाण छैन। तर भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको मानिन्छ ।
यो नाचमा भैरव १, बाराही ४, कुमारी ४, सिंहिनी ४, द्वारपाल २ र गणेश ४ गरी १९ जना देवी देवताको भेषमा सहभागी हुन्छन् । ती देवगणहरूले घरबाट निस्केदेखि खाना खानु र बोल्नु हुँदैन भन्ने मान्यता छ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4