
३० साउन, काठमाडौं । ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा)को कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र बिहारकै ३३ वर्षीय मुन्ना जयसवाल छन् ।
उनीहरुलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनीहरुबाट १५ लाख ३३ हजार नगद समेत बरामद भएको उनले जानकारी दिए ।
त्यसैगरी उनीहरुले ६ करोड ६ लाख ६३ हजार ६८७ रुपैयाँ बराबरको क्रिप्टोको कारोबार गरेको पाइएको एसपी बोहराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4