
३० साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।
तम्घासमा परम्परागत रूपमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने सांस्कृतिक रोपाईं जात्राको अवसरमा यसवर्ष भाद्र १ गते आइतबार सार्वजनिक बिदा दिन लागिएको पालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बाबुरामले विज्ञप्तिमार्फत यसबारे जानकारी गराएका छन् ।
नगर कार्यपालिकाको बैठक निर्णयअनुसार उक्त दिन नगरपालिका कार्यालय, मातहतका वडा कार्यालयहरू, विद्यालयहरू, स्वास्थ्य संस्था, सहकारी संस्था लगायत यस नगरपालिका अन्तर्गतका सम्पूर्ण निकाय बन्द रहनेछन् ।
परम्परा अनुसार सदरमुकाम तम्घासमा रोपाईं जात्रा भव्य रूपमा मनाउने परिपाटी रहिआएको छ ।
यसवर्ष पनि आम नगरवासीको सहज सहभागिता र कार्यक्रमको सफलताका लागि बिदा दिने निर्णय गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4