+
+
Shares

व्याकुल माइलाको आत्मसम्मानमा चोट पुर्‍याउने काम भएको भन्दै सोबिताको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १७:१७

३० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले राष्ट्रिय गानको सर्जक (प्रदीप राई–व्याकुल माइला) मै हुँ’ भन्दै एक व्यक्तिले गरेका क्रियाकलापप्रति सचेत हुन संसदीय समितिसमक्ष आग्रह गरेकी छिन् ।

शुक्रबार सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्ने क्रममा उनले व्याकुल माइला हुँ भनेर किताबहरू निकाल्ने, प्रपोजलहरू गर्ने र बजेटहरू निकासा पनि गरिएको कुराप्रति ध्यान दिन आग्रह गरिन् ।

सर्जक व्याकुल माइलालाई प्रहरीले नै ‘म होइन’ भनेर उजुरी दिनुस् भनेकोप्रति उनको आपत्ति थियो ।

‘नेपालको राष्ट्रिय गान जसले सिर्जना गर्ने व्यक्तिमाथि यस्तो हुनुहुँदैन । प्रहरीले नक्कली व्यक्ति आयो भनेर उहाँलाई उजुरी हाल्नुस् भनेको रहेछ,’ सांसद गौतमले भनिन्, ‘सक्कली मान्छेलाई नक्कली व्यक्ति आयो भनेर उजुरी हाल्न ह्युमुलेसन पनि हुन्छ । यो विषय मन्त्रालयले ध्यानाकर्षण गरोस् ।’

शुक्रबार समितिको कार्यसूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट वृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रस्तुतिकरण र छलफल हुने थियो ।

समितिमा संशोधनकर्ता समेत रहेकी सांसद गौतमले विधेयकमाथि आफ्नो धारणा राख्ने क्रममा यस्तो बताएकी हुन् ।

राष्ट्रिय गानका रचयिता व्याकुल माइला बनेर उनको आत्मसम्मानमा चोट पुग्ने गरी व्याकुल माइला हुँ भनेर किताबहरू निकाल्ने, प्रपोजलहरू गर्ने र बजेटहरू निकासा पनि गरिएकोबारे उनले समितिमा ध्यानाकर्षण गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?