+
+
Shares

टप १० ब्रोकरको कारोबार : खरिद बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सेयर बजारमा कुल ७ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ।
  • टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब ७९ करोडको खरिद र २ अर्ब ७७ करोडको बिक्री भएको छ।
  • बजारको परिसूचक नेप्से २७ अंक घटेर २७६१ मा कायम भएको छ।

१ भदौ, काठमाडौं । आइतबार सेयर बजारमा कुल ७ अर्ब ७३ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३६ प्रतिशत हो ।

आइतबार टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब ७९ करोडको खरिद हुँदा २ अर्ब ७७ करोड रुपैयाँको बिक्री भयो । समग्रमा आज टप १० ब्रोकरको बिक्रीभन्दा खरिद बढी देखिन्छ ।

५ ब्रोकर कम्पनीमार्फत खरिद बढी हुँदा अरु ५ मार्फत भने बिक्री बढी भएको छ । नासा, सनी, आर्यतारा, डायनामिक र कोहिनुरमार्फत खरिद बढी भएको छ । त्यस्तै भिजन, इम्पेरियल, अनलाइन, श्रीहरि र क्यापिटल म्याक्समार्फत बिक्री बढी भएको छ ।

यस दिन टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, मुक्तिनाथ विकास बैंक, कालिका पावर लगायत कम्पनी छन् । यस दिन बजारको परिसूचक नेप्से २७ अंक घटेर २७६१ मा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?