+
+
Shares

विपिन जोशीकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते २१:४०

१ भदौ, काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् ।

नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डितले आइतबार राष्ट्रपतिसँग भेटवार्ता गराएका हुन् ।

भेटका क्रममा इजरायली राष्ट्रपतिसँग विपिनकी आमा पद्माले छोराको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरिन् ।

बहिनी पुष्पाले पनि राष्ट्रपति हर्जोगसँग आफ्नो दाई विद्यार्थीका रुपमा आएको र निदोष भएको भन्दै हमासको बन्धकबाट मुक्त गराउन अपिल गरिन् ।

सो क्रममा राजदूत पण्डितले विभिन्न तवरबाट पहल गरेर जोशीको स्थितिबारे जानकारी गराउन अनुरोध गरेका थिए ।

जवाफमा इजरायली राष्ट्रपति हर्जोगले विपिनको रिहाइका लागि कोशिस भइरहेको जानकारी गराए ।

जोशी रिहाइका लागि नेपाली समुदायले शनिबार (हिजो) साँझ तेलअभिभमा प्रदर्शन गरेका छन् । आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन उक्त प्रदर्शनमा सहभागी भएका थिए ।

इजरायलमा रहेका नेपालीहरू झण्डासहित त्यहाँ पुगेका थिए । त्यस क्रममा विपिनकी बहिनी पुष्पा र आमा पद्मा प्लेकार्डसहित सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?