+
+
Shares

अब बज्ने छैन विपिनको गितार

हमासबाट बन्धक बनाइएकाको परिचय दिने क्रममा इजरायली विदेश मन्त्रालयले हालै नेपाली युवा विपिन जोशीलाई ‘अमच्योर्ड र्‍यापर’को रुपमा चिनाएको थियो । उनले प्रयोग गर्ने गितार महाकाली नदीमा बगाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली विदेश मन्त्रालयले हमासबाट बन्धक बनाइएकालाई नेपाली युवा विपिन जोशीलाई ‘अमच्योर्ड र्‍यापर’को रुपमा चिनाएको थियो।
  • सोमबार विपिनको शव नेपाल ल्याइएको छ र मंगलबार महाकाली नदी किनारमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ।
  • विपिन दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको कार्यक्रममा इजरायल पुगेका थिए र हमासको अक्टुबर ७ को आक्रमणमा परेका थिए।

काठमाडौं । हमासबाट बन्धक बनाइएकाको परिचय दिने क्रममा इजरायली विदेश मन्त्रालयले हालै नेपाली युवा विपिन जोशीलाई ‘अमच्योर्ड र्‍यापर’को रुपमा चिनाएको थियो ।

प्रसिद्ध अमेरिकी अखबार वालस्ट्रिट जर्नलले विपिनलाई र्‍याप गायन सिक्दै गरेका युवाको रुपमा उल्लेख गरेको थियो ।

सोमबार विपिनको शव नेपाल ल्याइएर मंगलबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । उनको शवसँगै उनका लुगा, कापीकिताब र अन्य प्रयोग गर्ने सामग्री पनि ल्याइएको थियो । त्यहाँ उनको नीलो रङको गितार पनि थियो ।

महाकाली नदी किनारमा छरिएका उनका डायरीमा दैनिकी पनि लेखिएको छ जहाँ उनी बिहान पाँच बजे नै उठ्ने, गितार र संगीत सिक्ने लगायतका कुरा पनि उल्लेख छ । यी सबै तथ्य हेर्दा, संगीतमा विपिनको रुचि देख्न सकिन्छ ।

ती सबै सामानलाई महाकाली नदीमा बगाइएको छ । मंगलबार बिहान महाकाली नदी किनारको भुजेला घाटमा विपिनको अन्त्येष्टि गरिएको छ ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन त्यहाँ पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए ।

हमास लडाकु गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टुबर ७ मा आक्रमण गरेका थिए । सँगै अध्ययनरत १० नेपाली विद्यार्थीहरु मारिँदा विपिन अपहरणमा परेका थिए ।

तर इजरायल र हमासबीच हालै युद्धबिराम भएपछि बन्धकहरुको रिहाइ गर्ने क्रममा गत २८ असोजमा इजरायली सेनाले विपिनको सन् २०२३ तिरै हत्या पुष्टि भएको सूचना इजरायलस्थित नेपाली दूतावासलाई दिएको थियो ।

उनको शव सोमबार नेपाल ल्याइएको थियो । शवसँगै इजरायलले पठाएको फरेन्सिक रिपोर्टमा विपिनको टाउकोमा आतंककारीले हानेको गोली लागेर मृत्यु भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?