+
+
Shares

सहकारी प्राधिकरणले पायो पूर्णता, सदस्यमा महेश खनाल नियुक्त

अहिले प्राधिकरणको अर्को सदस्यमा मन्त्रीस्तरीय निर्णयबाट चार्टर्ड एकाउन्टेन्ट महेश खनाल नियुक्त भएका हुन । खनाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्वअध्यक्ष समेत हन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सहकारी नियमन प्राधिकरणले चार्टर्ड एकाउन्टेन्ट महेश खनाल सदस्य नियुक्त भएसँगै पूर्णता पाएको छ।
  • सरकारले २०८१ मा सहकारी क्षेत्रमा विकृति नियन्त्रणका लागि प्राधिकरण स्थापना गरेको थियो।
  • प्राधिकरणले संघ, प्रदेश र स्थानीय तहका बचत तथा ऋण सहकारी संस्था नियमन गर्ने र बेथिति अनुसन्धान गर्ने जनाएको छ।

२ भदौ, काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पूर्णता पाएको छ । चार्टर्ड एकाउन्टेन्ट तर्फबाट सदस्यमा महेश खनाल नियुक्त भएसँगै प्राधिकरणले पूर्णता पाएको हो ।

सहकारी क्षेत्रमा नियमन तथा सुपरीवेक्षण अभावका कारण समस्या बढेको र सहकारी क्षेत्रमा देखिएका विकृति नियन्त्रण गर्न भन्दै सरकारले २०८१ मा प्राधिकरण स्थापना गरेको थियो ।

प्राधिकरणले संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था नियमन गर्छ । प्राधिकरणमा एक अध्यक्ष सहित चार सदस्य रहने व्यवस्था छ ।

सरकारले केही समयअघि अध्यक्षमा डा. खगराज शर्मालाइ नियुक्त गरेको थियो । त्यसैगरी विज्ञ सदस्यका रूपमा नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. रमेश चौलागाईं नियुक्त भएका थिए ।

अहिले प्राधिकरणको अर्को सदस्यमा मन्त्रीस्तरीय निर्णयबाट चार्टर्ड एकाउन्टेन्ट महेश खनाल नियुक्त भएका हुन । खनाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्वअध्यक्ष समेत हन् ।

प्राधिकरणका अन्य सदस्यमा राष्ट्र बैंकका एक कार्यकारी निर्देशक हुनेछन् भने सम्बन्धित मन्त्रालयको सहकारी हेर्ने सहसचिव पनि सदस्य रहने व्यवस्था छ ।

केही सहकारी ऐन संशोधनका लागि ल्याइएको अध्यादेश मार्फत प्राधिकरण स्थापना गर्ने व्यवस्था सहकारी ऐनमा गरिएको हो । उक्त व्यवस्था पनि सरकारले राज्यका तीनै तहका सहकारी नियमनको काम सुरु गरेको हो ।

सञ्चालक समितिले पूर्णता नपाउँदा प्रभावकारी काम सुरु गर्न नसकेको प्राधिकरणले अब भने पूर्णता पाएसँगै सहकारीका बेथिति उपर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?