+
+
Shares

एआईटीएमद्वारा ग्रेजुएसन समारोह आयोजना, स्नातक विद्यार्थीलाई सम्मान

कार्यक्रममा एआईटीएम कलेजको शैक्षिक यात्रा, नवीनतम कार्यक्रम र अन्तर्राष्ट्रिय साझेदारीहरू प्रस्तुत गर्ने उद्देश्यले छोटो वृत्तचित्र प्रदर्शन गरिएको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते २०:२७

३ भदौ, काठमाडौं । एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (एआईटीएम) ले ग्रेजुएसन समारोह आयोजना गरेको छ ।

यसमा ब्याचलर इन इन्टरनेसनल होटल एन्ड टुरिज्म म्यानेजमेन्ट (आईएमआई, स्विट्जरल्याण्ड) र इन्टरनेसनल एमबीए (बर्मिङ्घम सिटी युनिभर्सिटी, बेलायत) कार्यक्रमका स्नातकहरूलाई सम्मान गरिएको कलेजले जनाएको छ ।

कार्यक्रममा एआईटीएम कलेजको शैक्षिक यात्रा, नवीनतम कार्यक्रम र अन्तर्राष्ट्रिय साझेदारीहरू प्रस्तुत गर्ने उद्देश्यले छोटो वृत्तचित्र प्रदर्शन गरिएको थियो।

कार्यक्रममा स्नातक समारोहका अध्यक्ष तथा पर्यटन मानवशास्त्री प्रा. डा. रमेशराज कुँवरले स्नातक सम्बोधन गरेका थिए । उनले निरन्तर अध्ययन, पेसागत आचारसंहिता र जीवनभरिको सिकाइको महत्त्वमा प्रकाश पारेका थिए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्ले र ललितपुर महानगरपालिकाका मेयर तथा समारोहका प्रमुख अतिथि चिरिबाबु महर्जनले स्नातकहरूलाई बधाई दिँदै नेपालको सामाजिक–आर्थिक विकासमा योगदान दिन प्रेरित गरेका थिए ।

समारोहमा दुई प्रतिष्ठित व्यक्तित्वलाई विशेष सम्मान प्रदान गरिएको थियो । यसअनुसार नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानका लागि एआईटीएम कलेजका संस्थापक अध्यक्ष प्रा. डा. श्रीराम भगुत माथे र आतिथ्य उद्योगको स्तर उचाल्न नेतृत्वका लागि होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहलाई सम्मान गरिएको थियो ।

सम्मानित दुवैले नवस्नातकलाई नवप्रवर्तन, दिगोपन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमताको महत्त्वबारे प्रेरणादायी मन्तव्य दिएका थिए । समारोहमा स्नातक प्रमाणपत्र वितरण हुनुका साथै उत्कृष्ट विद्यार्थी रेजिना तिमल्सिना, थिन्ले डोल्मा, अस्मिता गुरुङ, सुम्निमा श्रेष्ठलाई पुरस्कार दिइएको थियो ।

स्व. मोहनगोपाल खेतानको स्मृतिमा काठमाडौं विश्वविद्यालयका सिनेट सदस्य राजेन्द्रकुमार खेतानद्वारा स्थापना गरिएको गोल्ड मेडल पुरस्कार पनि कार्यक्रमकै दौरान निदेश मास्के र बिबेक तामाङलाई प्रदान गरिएको कलेजले जनाएको छ ।

यसै क्रममा राजेन्द्रकुमार खेतानले स्नातकहरूको उपलब्धिलाई प्रशंसा गर्दै शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?