+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

प्रधानमन्त्रीलाई विश्वासको मत जाहेर गरेको भन्दै नाउपाले संसद्‍मा पठायो अर्को पत्र

नाउपाकी अध्यक्ष श्रेष्ठले पत्र पठाएर यस्तो जानकारी गराएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १६:४९
फाइल तस्वीर

४ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले वर्तमान सरकारलाई समर्थन दिएको र प्रधानमन्त्रीमाथि विश्वासको मत जाहेर गरेको भनेर संसद् सचिवालयमा पत्र पठाएकी छन् ।

नाउपाकी अध्यक्ष श्रेष्ठले पत्र पठाएर यस्तो जानकारी गराएकी हुन् ।

यसअघि सरकारलाई दिएको समर्थन फिर्ता भन्ने सम्बन्धी पत्र बदर गरेको पत्रमा उल्लेख छ ।

‘यस नागरिक उन्मुक्ति पार्टीको निर्णय बमोजिम पार्टीले मिति २०८२/३/२२ मा सरकारबाट समर्थन फिर्ता लिने भनी त्यहाँ संसद् सचिवालयमा समेत जानकारी गराएको व्यहोरा सहितको पत्र बदर गरी पार्टीको निर्णय बमोजिम वर्तमान सरकारमाथि पूर्णकालीन विश्वास एवं समर्थन रहेको जानकारी गराउँदै अब सरकार पक्ष तर्फ रहने व्यहोरा समेत अनुरोध गरिएको छ’ पत्रमा उल्लेख छ ।

सभामुखको सचिवालयका अनुसार नाउपाका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।

त्यसको ४५ दिनपछि ३ भदौमा नाउपाकी अध्यक्ष चौधरीले पहिलेको पत्र बदर गरेको भनेर अर्को पत्र पठाएकी हुन् ।

यो सँगै संसद् सचिवालयमा नाउपाका छुट्टाछुट्टै दुई पत्र पुगेका छन् ।

यो विषयमा बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उठेको थियो । संसद् सचिवालयलयले एउटै पार्टीका दुई खाले पत्र प्राप्त भएको बताएका थिए । यो विषयमा संसद् सचिवालयले निर्णय भने लिइसकेको छैन ।

प्रतिनिधिसभामा नाउपाका ४ जना सांसद रहेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने चाहनामा नाउपाको साथ खोजेका छन् । यस निम्ति उनीहरूले मंगलबार नाउपाकी अध्यक्ष श्रेष्ठसँग छलफल समेत गरेका थिए ।

लगत्तै अध्यक्ष श्रेष्ठले पत्र पठाएर सरकारलाई समर्थन कायम राखेको र ४५ दिन अगाडि संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्ने पत्र बदर गरेको भन्दै पत्र पठाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?