+
+
Shares

सत्तापक्ष र प्रतिपक्षमा बस्ने गरी संसद्‍मा नाउपाका छुट्टाछुट्टै दुई पत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक उन्मुक्ति पार्टीका दुई नेताले सत्तापक्ष र प्रतिपक्षमा बस्ने छुट्टाछुट्टै पत्र संसद सचिवालयमा बुझाएका छन्।
  • सभामुख देवराज घिमिरेलाई २२ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र गंगाराम चौधरीले लेखेका थिए।
  • नाउपाका चार सांसदमध्ये सत्तापक्षमा बस्ने व्यवस्था मिलाउन संसद सचिवालयले नेम प्लेट राख्ने तयारी गरिरहेको छ।

४ भदौ, काठमाडौं । सत्तापक्षमा बस्ने र प्रतिपक्षमा बस्ने गरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का छुट्टाछुट्टै पत्र संसद सचिवालय पुगेको छ ।

सभामुखको सचिवालयका अनुसार नाउपाका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।

त्यसको ४५ दिन पछि ३ भदौमा नाउपाकी नेता रञ्जिता चौधरीले अर्को पत्र लेखेर सत्तापक्षमा बस्ने व्यवस्था मिलाइदिन भनेकी हुन् ।

यो विषयमा बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उठेको थियो । संसद सचिवालय स्रोतले एउटै पार्टीका दुई खाले पत्र प्राप्त भएको बताएको थियो । यो विषयमा संसद् सचिवालयले निर्णय भने लिइसकेको छैन ।

अब सत्तापक्षको सिटमा बस्ने हो भने संसद सचिवालयले उनीहरू सोही अनुसारको व्यवस्था मिलाउनुपर्छ । यस निम्ति नाउपाका सांसदहरू कहाँ बस्ने हो ठाउँ छुट्याएर नेम प्लेट राखिदिनुपर्छ ।

प्रतिनिधिसभामा नाउपाका ४ जना सांसद रहेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने चाहनामा नाउपाको साथ खोजेका छन् । यस निम्ति उनीहरूले मंगलबार नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग छलफल समेत गरेका थिए ।

कांग्रेस र एमालेले छलफलमा बोलाएकै दिन नाउपाकी अध्यक्ष श्रेष्ठले सत्तापक्षमा बस्ने व्यवस्थाका लागि सभामुखलाई पत्र लेखेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?