
४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी स्थापनाकै केही समयमै माओवादीलाई झन्डै उछिन्ने ठाउँमा कसरी पुग्यो भन्नेबारेमा ध्यान दिनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले ६ महिनाअघि खुलेको पार्टी (रास्वपा) ले १० वर्ष लडेर आएको आफ्नो पार्टीलाई झन्डै उछिन्ने कसरी भयो ? पुराना नेताहरूमाथि किन प्रश्न उठ्यो भन्नेबारे खोज्नुपर्ने बताएका हुन् ।
‘अस्ति भर्खरै ६ महिना खुलेको पार्टी, हामी १० वर्ष लढेर आएको पार्टीलाई माओवादीलाई झन्डै उछिन्ने ठाउँमा किन पुग्यो,’ उनले भने, ‘अरु दुई पार्टीलाई कसरी थ्रेट भइरहेको छ ? दुई वटा पार्टीहरू ठूला मिलेर झन्डै दुई तिहाइको सरकार बनेको छ । नेताहरुमाथि प्रश्न किन उठिरहेको छ ?’
यो गणतन्त्र र लोकतन्त्रमाथिको प्रश्न भएको जिकिर गर्दै पुनले पछिल्लो समयमा देशमा धेरै कुरामा परिवर्तन भएको बताए ।
‘हामी समावेशिता, भौतिक पूर्वाधारका क्षेत्रमा धेरै ठाउँमा परिवर्तन छ । शिक्षा, स्वास्थ्य, मानव अधिकारका सूचकांक हरेक हेर्नुस्, परिवर्तन छ । पञ्चायतको ३०, बाँकी १५—१८ वर्ष यता परिवर्तन भएको छ । यो हामीले आत्मसाथ गर्नैपर्छ,’ उनले भनेका छन् ।
प्रतिक्रिया 4