+
+
Shares

सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, छैन खतरा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते ६:५२

५ भदौ, काठमाडौं । अहिले सुदूरपश्चिमका धेरै स्थानहरुमा वर्षा भएको छ । विशेष गरी डोटी र डडेलधुरा जिल्लामा तुलनात्मक रुपमा धेरै वर्षा भएको छ । एक/दुई स्थानमा थोरै समयका लागि भारी वर्षासमेत भएको छ ।

पछिल्लो तीन घण्टामा डोटीको झिंग्रानामा सबैभन्दा धेरै ५४.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी जोरायलको कोलगाउँमा २५.४ मिलिमिटर वर्षा मापन भएको छ ।

डडेलधुराको जोगबुढामा ४६.२ र गाइबन्डेमा ३३ मिलिमिटर वर्षा भएको छ ।

कञ्चनपुरको ज्यामिरखालीमा २६.८ र ज्यामिरखालीमा २२.२ तथा बैतडीको गोठालपानीमा १६.४ र शान्तबाँझमा १०.२ मिलिमिटर वर्षा मापन भएको छ ।

मौसम विभागले भन्यो– उल्लेखनीय खतरा छैन

वर्षा गराउने प्रणाली केही कमजोर भई पश्चिम दिशातिर सरिरहेको र कुनै उल्लेखनीय खतरा नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएको ६ घण्टामा मधेश प्रदेशको सप्तरी, बागमती प्रदेशको सिन्धुपाल्चोक लगायतका भूभागमा पनि बढी वर्षा भएको देखिन्छ ।

विभागका अनुसार मनसुन कमजोर भएको छ । त्यसैले आज पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । आज दिउँसो पहाडी र तराई भूभागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?