+
+
Shares

सांसद बस्नेतको प्रस्ताव : सरकारी सेवामा रहेकाहरूले सन्तान सार्वजनिक स्कुलमै पढाउनुपर्ने व्यवस्था गरौं

नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले राज्यको सेवा-सुविधा लिने र तलब खानेका सन्तान सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था विधेयकमा राख्न प्रस्ताव राखेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले सार्वजनिक विद्यालयमा राज्यबाट सेवा सुविधा र तलब लिनेहरुको सन्तान भर्ना गर्ने बाध्यकारी व्यवस्था विधेयकमा राख्न प्रस्ताव राखेकी छन्।
  • उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि देशको शिक्षाको स्थिति नाजुक रहेको र धेरै प्रगति नहुनु दुःखद भएको बताइन्।
  • सांसद बस्नेतले शिक्षा क्षेत्रमा सुधार गर्न र शिक्षा विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिन्।

५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले राज्यको सेवा-सुविधा लिने र तलब खानेका सन्तान सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था विधेयकमा राख्न प्रस्ताव राखेकी छन् ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दासमेत देशको शिक्षाको स्थिति नाजुक रहनु दुःखद भएको बताइन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुँदापनि शिक्षाको क्षेत्रमा धेरै प्रगति गर्न सकेनौं’ उनले भनिन्, ‘शिक्षाको क्षेत्रमा धेरै समस्या हाम्रो अगाडि खडा भए । जसको कारणले आज झन्डै हाम्रो देश आज जसरी अघि बढ्नुपर्ने हो त्योअनुसार बढ्न सकेन ।’

उनले थपिन्, ‘शिक्षालाई अघि बढाउने शिक्षा विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गरोस् । शिक्षा क्षेत्रमा जग बलियो खडा गरौँ भनेर हामी लाग्यौं ।’

सांसद बस्नेतले शिक्षा क्षेत्रमा धेरै सुधारहरू गर्न जरुरी रहेको उल्लेख गर्दै भनिन्, ‘सार्वजनिक विद्यालयको सुधारका लागि राज्यबाट सेवा सुविधा र तलब लिनेहरुको सन्तानलाई सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था लेख्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?