+
+
Shares

निजी विद्यालयलाई गैरनाफामुलक बनाउँदा शिक्षाको स्तर थप खस्किन्छ : राप्रपा सांसद जैसवाल

‘निजी विद्यालय भन्ने बित्तिकै कम्पनी ऐनअनुसार सञ्चालन भइरहेको छ भने त्यसलाई कसरी गैरनाफामुलक बनाउने हुनसक्छ ?,’ उनले प्रश्न गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते ११:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने कुरा शिक्षाको स्तर खस्किने बताएकी छन्।
  • उनले निजी विद्यालय कम्पनी ऐनअनुसार सञ्चालन भइरहेका कारण गैरनाफामुलक बनाउनु सही नभएको उल्लेख गरे।
  • सांसद जैसवालले निजी विद्यालयले नाफा कमाउनुपर्ने र त्यसले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन सहयोग पुग्ने बताइन्।

 ५ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने कुराले नेपालमा शिक्षाको स्तर झनै खस्किने बताएकी छन् ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले कम्पनी ऐनअनुसार सञ्चालन भइरहेका विद्यालयलाई गैरनाफामुलक बनाउने कुरा सही नभएको बताइन् ।

‘निजी विद्यालय भन्ने बित्तिकै कम्पनी ऐनअनुसार सञ्चालन भइरहेको छ भने त्यसलाई कसरी गैरनाफामुलक बनाउने हुनसक्छ ?,’ उनले प्रश्न गरिन् ।

सांसद जैसवालले थपिन्, ‘जब निजी स्कुलहरुले लगानी गरेर, लोन लिएर, जग्गा बेचेर एउटा बिजनेसको तबरमा लगिरहेको छ भने त्यसको पार्ट अफ द प्रफिट त आउनुपर्‍यो । नत्र सञ्चालन कसरी गर्ने ?’

उनले निजी विद्यालयहरुले नाफा नै नकमाउने हो भने अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन नसक्ने जिकिर गरिन् । ‘अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन त्यसअनुसारकै भौतिक संरचना, करिकुलमहरू हुनुपर्छ । नाफा कमाएनन् भने त्यस स्तरको शिक्षा दिन पनि गाह्रो हुन्छ,’ उनले भनिन् ।

सांसद जैसवालले शिक्षा सेवामुलक मात्रै हुनुपर्ने भन्नेकुरा सही नभएको धारणा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?