
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रनितिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गर्ने क्रममा सांसदहरूलाई भौतिक कारबाहीसम्मको धम्की आएको सरकारलाई जानकारी गराएको छ।
- एमाले सांसद छविलाल विश्वकर्माले धम्कीको विषयमा भने, 'कसैको प्रवाभामा नपरी प्रलोभनमा आकर्षित नभएर ऐन कानून बनाउने सन्दर्भमा यस्तो खालको विषय आएको छ।'
- समिति सभापति अम्मरबहादुर थापाले सरकारलाई गम्भीरतापूर्वक निगरानी गर्न निर्देशन दिएका छन् र शिक्षक महासंघ र निजी विद्यालयले आन्दोलनको घोषणा गरेको छ।
५ भदौ, काठमाडौं । प्रनितिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकको सन्दर्भमा समितिका सदस्यहरूलाई भौतिक कारबाहीसम्मको धम्की आएकोबारे सरकारलाई जानकारी गराएको छ ।
बिहीबार विधेयक पारित गर्ने क्रममा उपसमितिका संयोजक समेत रहेका एमाले सांसद छविलाल विश्वकर्माले सांसदहरूलाई धम्की आएकोबारे जानकारी गराएका थिए ।
‘भौतिक कारबाही सम्मको म्यासेज छ । समिति र सरकारले थाहा पाउनुपर्छ,’ सांसद विश्वकर्माले भने, ‘कसैको प्रभावमा नपरी प्रलोभनमा आकर्षित नभएर ऐन कानुन बनाउने सन्दर्भमा यस्तो खालको विषय आएको छ । सरकारले थाहा पाउनुपर्छ ।’
त्यसपछि समिति सभापति अम्मरबहादुर थापाले गम्भीरतापूर्वक निगरानी गर्न सरकारलाई निर्देशन दिए ।
‘थ्रेट नभएको होइन । होसियारपूर्वक हिँड्न पर्ला भनेर म्यासेज आएको छ । सरकारले निगरानी गम्भीरतापूर्वक गरोस् । सबै सरोकारवालको कुरा सुनेका छौं । तर सानो कुरा पुगेन भनेर सबै माननीयलाई थ्रेट आएको छ ,’ सभापति थापाले भने ।
समितिबाट बिहीबार विद्यालय शिक्षा विधेयक पारित भएको थियो । विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षक महासंघ र निजी विद्यालयले आन्दोलनको घोषणा गरेको छ ।
प्रतिक्रिया 4