+
+
Shares

नाडामा बीवाईडीको धूम : ३ दिनमै २५० युनिट बुकिङ

पहिलो दुई दिनमै एटो २ को लगभग २०० युनिट बुकिङ भइसकेको छ । समग्रमा बीवाईडीका सबै मोडेलहरूको बुकिङ संख्या करिब २ सय ५० पुगेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीले नयाँ कम्प्याक्ट एसयुभी एटो २ सार्वजनिक गरेको छ।
  • एटो २ को पहिलो दुई दिनमै २०० युनिटभन्दा बढी बुकिङ भइसकेको छ र बीवाईडीको स्टल अवलोकनकर्ताको प्रमुख गन्तव्य बनेको छ।
  • बीवाईडीले सबै गाडीमा १० वर्षको वारेन्टी, एक वर्षको नि:शुल्क बीमा, रोड ट्याक्स र आवश्यक सामान उपलब्ध गराएको छ।

५ भदौ, काडमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ मा चिनियाँ विद्युतीय सवारी (ईभी) निर्माता बीवाईडीले आफ्नो नयाँ कम्प्याक्ट एसयुभी ‘एटो २’ सार्वजनिक गरेसँगै बुकिङमा कीर्तिमानी उत्साह देखिएको छ ।

शो सुरु भएको पहिलो तीन दिनमै २ सय ५० भन्दा बढी युनिट बुकिङ भएका छन् । त्यसमा पनि ‘एटो २’ भने २ सय युनिट बुकिङ भएसँगै बीवाईडीको स्टल अवलोकनकर्ताको प्रमुख गन्तव्य बनेको छ ।

कार्यक्रमको तेस्रो दिनसम्म आइपुग्दा बीवाईडीको स्टलमा अवलोकनकर्ताको बाक्लो उपस्थिति देखिन्छ, जसले बजारमा बीवाईडीकोे बढ्दो लोकप्रियतालाई प्रमाणित गर्छ ।

कम्पनीकी प्रतिनिधि सन्ध्या श्रेष्ठका अनुसार बीवाईडीले यस पटक नगद छुटभन्दा पनि ग्राहकलाई दीर्घकालीन फाइदा पुग्ने अफरहरूमा जोड दिएको छ ।

‘हामीले सबै गाडीहरूमा १० वर्षको वारेन्टी, एक वर्षको नि:शुल्क बीमा, एक वर्षको रोड ट्याक्स र आवश्यक सामानहरू उपलब्ध गराएका छौं,’ उनले भनिन्, ‘यसले ग्राहकको विश्वास जित्न मद्दत पुगेको छ ।’

शोको मुख्य आकर्षण बनेको नयाँ एटो २ लाई विशेषगरी नेपाली सडक र वातावरण सुहाउँदो बनाइएको कम्पनीको दाबी छ । यसमा रहेको २०० एमएमको ग्राउन्ड क्लियरेन्सले काठमाडौंका उबडखाबड सडकमा पनि गाडीलाई सहजै चलाउन सकिन्छ ।

गाडीमा बीवाईडीको विश्वप्रसिद्ध ब्लेड ब्याट्री र ‘१८ इन १’ पावरट्रेन प्रविधि जडान गरिएको छ, जसले सुरक्षा र कार्यक्षमता दुवैलाई सुनिश्चित गर्छ । यसमा जडान गरिएको १७ इन्चको टायरले गाडीको स्थायित्वलाई थप बलियो बनाएको छ ।

नाडा अटो शोमा बीवाईडीले आफ्ना विभिन्न मोडेलहरूको मूल्य पनि सार्वजनिक गरेको छ । कम्पनीको प्रवेश–स्तरको मोडेल ‘एटो १’ दुई भेरिएन्टमा उपलब्ध छ, जसको मूल्य क्रमश: २८ लाख ९५ हजार र ३३ लाख रुपैयाँ तोकिएको छ ।

भर्खरै सार्वजनिक गरिएको एटो २ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ राखिएको छ भने कम्पनीको प्रिमियम सेडान ‘सिलायन’ को मूल्य ७४ लाख ९९ हजार रहेको छ ।

नयाँ गाडीको सार्वजनिकीरण र आकर्षक अफरहरूले बुकिङमा प्रत्यक्ष प्रभाव पारेको छ । श्रेष्ठका अनुसार पहिलो दुई दिनमै एटो २ को लगभग २०० युनिट बुकिङ भइसकेको छ । समग्रमा बीवाईडीका सबै मोडेलहरूको बुकिङ संख्या करिब २ सय ५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?