
काठमाडौं । नेपालको सबैभन्दा प्रतिष्ठित अटोमोबाइल मेला ‘नाडा अटो शो २०२५’ मा विश्वप्रसिद्ध टु–ह्विलर ब्रान्ड यामाहाले आफ्नो दमदार उपस्थिति जनाएको छ ।
नयाँ कलेबरका मोटरसाइकल सार्वजनिक गर्दै र ग्राहकका लागि अभूतपूर्व अफरहरू घोषणा गर्दै यामाहाले शोमा सहभागी हजारौं अवलोकनकर्ताको ध्यान आफूतिर केन्द्रित गर्न सफल भएको छ ।
कम्पनीले आफ्नो स्टललाई एक आकर्षक ‘यामाहा ब्लु च्याम्बर’ का रूपमा प्रस्तुत गरेको छ, जहाँ उत्साह र आकर्षणको माहोल छाएको छ ।
नयाँ भेरिएन्ट मार्फत बजारमा
यामाहाले विशेष गरी युवा राइडरको रोजाइ र पछिल्लो ट्रेन्ड ध्यानमा राख्दै आफ्ना दुई सर्वाधिक लोकप्रिय मोडेलका तीन नयाँ भेरिएन्ट सार्वजनिक गरेको छ ।
आफ्नो ‘नेकेड स्पोर्टस’ श्रेणीमा बेजोड पकड बनाएको ‘एमटी१५’ लाई दुई नयाँ र जीवन्त रङहरू ‘आइस स्टर्म’ र ‘भिभिड भायोलेट मेटालिक’ मा लन्च गरिएको छ । यी नयाँ रङले एमटी१५ को डिजाइन थप आकर्षक र प्रिमियम बनाएको छ ।
त्यसैगरी ‘लर्ड अफ द स्ट्रिट’ को उपमा पाएको एफजेड सिरिज अन्तर्गतको ‘एफजेड–एस एफआई भी३.०’ लाई पनि ‘आइस फ्लुओ भर्मिलियन’ नामक नयाँ रङमा प्रस्तुत गरिएको छ । यो नयाँ विकल्पले एफजेड–एसको उपस्थिति अझ निखारेको छ ।
यी नयाँ मोडेलको मूल्य सार्वजनिक नगरिए पनि कम्पनीको ध्यान मुख्यत: बुकिङ र ग्राहकलाई प्रदान गरिने विशेष सुविधाहरूमा केन्द्रित देखिन्छ ।
अफरै–अफरको वर्षा : ग्राहकलाई अविश्वसनीय लाभ
यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लूले ग्राहकलाई आकर्षित गर्न विभिन्न तहका आकर्षक योजना अघि सारेको छ । शो अवधिभरि कुनै पनि यामाहा मोटरसाइकल वा स्कुटर बुक गर्ने ग्राहकले ७ हजार रुपैयाँसम्मको आकर्षक नगद छुट तत्काल प्राप्त गर्नेछन् ।
यस पटकको सबैभन्दा ठूलो आकर्षणका रूपमा मोटोजीपी रेसको टिकट रहेको छ । बुकिङ गर्ने ग्राहकमध्येबाट गोलाप्रथा मार्फत दुई जना भाग्यशाली विजेताले विश्वकै सबैभन्दा प्रतिष्ठित मोटरसाइकल रेसिङ प्रतियोगिता ‘मोटोजीपी’ प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् ।
एमटी१५ पारखीका लागि थप विशेष सुविधा उपलब्ध छ । उक्त मोटरसाइकल बुक गर्ने हरेक ग्राहकले १८ हजारदेखि २० हजार रुपैयाँ मूल्य पर्ने उच्च गुणस्तरको राइडिङ ज्याकेट उपहार स्वरूप पाउनेछन् ।
यति मात्र होइन, बाइक वा स्कुटर बुक गर्ने ग्राहकले ‘फ्लाइङ कार’ को अनुभव गर्न पाउनेछन्, जुन नेपाली अटो बजारमा एक नौलो र रोमाञ्चक पहल हो ।
प्रत्यक्ष सहभागिता र दैनिक पुरस्कार
यामाहाले खरिदकर्तालाई मात्र नभई स्टल भ्रमण गर्ने सबै अवलोकनकर्तालाई लक्षित गरी विभिन्न अन्तर्क्रियात्मक कार्यक्रम पनि सञ्चालन गरेको छ । स्टलमा उपलब्ध साधारण फारम भरेर सहभागी हुनेमध्ये एक जना भाग्यशाली विजेताले हरेक दिन ब्लुटुथ कनेक्टिभिटीयुक्त ‘स्मार्ट हेल्मेट’ जित्नेछन् ।
साथै, यामाहाका बाइकहरूसँग फोटो खिचेर आफ्नो सामाजिक सञ्जाल (फेसबुक वा इन्स्टाग्राम) मा यामाहा नेपाललाई मेन्सन गरी पोस्ट गर्नेमध्येबाट पनि विजेता छनोट गरी आकर्षक उपहार (गुडिज) प्रदान गरिने छ ।
प्रतिक्रिया 4