
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिन १ लाख ९४ हजार ८ सय रुपैयाँ थियो र साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो।
- चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर २३१० रुपैयाँ पुगेको छ।
६ भदौ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९४ हजार ८ सय रुपैयाँ थियो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२९० रुपैयाँ रहेको चाँदी यस दिन २३१० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4