+
+
Shares

चल्यो अरनिको राजमार्ग, प्राविधिक र उपकरण परिचालन निरन्तर

पहाडी धरातल र लेदो बगिरहने गरेका कारण बेलाबेला समस्या आउने गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अरनिको राजमार्गको कोदारी खण्डमा पहिरो पन्छाएर साना र हलुका सवारीसाधन सञ्चालनमा आएको छ।
  • बिहीबारदेखि ठूला सवारीसाधन समेत सञ्चालनमा आएका छन् भने प्राविधिक टोलीले पानी र पहिरो नियन्त्रणको काम गरिरहेको छ।
  • सडक विभागका अनुसार पहिरो नियन्त्रणका लागि ग्याबिन पर्खाल निर्माण र विज्ञ टोलीको अध्ययन जारी छ।

६ भदौ, काठमाडौं । पहिरोका कारण अवरुद्ध अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ ।

नेपाल र चीन जोड्ने यो राजमार्गको अन्तर्राष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको थियो । पहिरोको माथिल्लो भागमा स्थानीयवासीको बस्ती रहेको र पहिरोका कारण बस्तीसमेत जोखिममा हुँदा कठिनाइ भएको थियो ।

सडक डिभिजन चरीकोटबाट खटिएको यन्त्र, उपकरण सहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो । त्यहाँ नयाँ डिजाइन अनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको कामसमेत भइरहेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।

पहाडी धरातल र लेदो बगिरहने गरेका कारण बेलाबेला समस्या आउने गरेको छ । ग्याबिन पर्खाल लगायत अन्य संरचना निर्माण गरी सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशील रहेको उनले बताए ।

त्यहाँ पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययन समेत जारी राखेको सडक विभागले जनाएको छ ।

पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारीसाधन सञ्चालन गरिएको र बिहीबार अपह्नदेखि ठूला सवारीसाधन समेत सञ्चालन हुन थालेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानले जानकारी दिए ।

यातायात सहज सञ्चालनका लागि प्राविधिक तथा उपकरण अझै कार्यक्षेत्रमा नै परिचालित रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?