+

चेल्सीको फराकिलो जित

२०८२ भदौ  ७ गते ८:३५ २०८२ भदौ ७ गते ८:३५
चेल्सीको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेल्सीले प्रिमियर लिगमा वेष्टहम युनाइटेडलाई ५-१ ले पराजित गरेको छ।
  • वेष्टहमका लुकास पाक्वेटमले छैटौं मिनेटमा गोल गरेपछि चेल्सीले १५औं मिनेटमा पेड्रोले बराबरी गोल फर्कायो।
  • चेल्सीले दोस्रो हाफमा दुई गोल थप्दै नयाँ सिजनमा पहिलो जित हात पारेको छ र अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ।

७ भदौ, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले वेषटहम युनाइटेडलाई ५-१ ले पराजित गरेको छ ।

सुरुमै एक गोलले पछि परेपनि चेल्सीले पुनरागमन गर्दै फराकिलो जित हात पारेको हो ।

वेष्टहमका लुकास पाक्वेटमले छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर जाआओ पेड्रो

१५औं मिनेटमा चेल्सीका लागि बराबरी गोल फर्काए ।

पेड्रो नेटोले २३औं र एन्जो फर्नान्डेज ३४औं मिनेटमा गोल गरेपछि चेल्सीले पहिलो हाफमै ३-१ को अग्रता बनायो ।

दोस्रो हाफमा चेल्सीले दुई गोल थप्यो । मोएसिस साइसेडोले ५४औं र ट्रेभोह चाबालोह ५८औं मिनेटमा गोल गरे ।

पहिलो खेलमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको चेल्सीले नयाँ सिजन पहिलो जित निकालेको हो । दुई खेलबाट ४ अंक जोडेर चेल्सी अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय