+
+
Shares

भियतनामकी उपराष्ट्रपति नेपाल आइपुगिन्

तीनदिने औपचारिक भ्रमणका लागि शनिबार उनी काठमाडौं आइपुगेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते १३:०४

७ भदौं, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपती भो थि आन सुआन नेपाल भ्रमण आएकी छिन् । तीनदिने औपचारिक भ्रमणका लागि शनिबार उनी काठमाडौं आइपुगेकी हुन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणालगायत नेपाली अधिकारीहरुले स्वागत गरेका छन् ।

भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय नेपाल भरमण हो । उपराष्ट्रपति सुआनले ९ गते स्वदेश फर्किनेछिन् ।

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?