+
+
Shares

राप्रपाका तीन पूर्व अध्यक्षहरूलाई असन्तुष्ट पक्षको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते १६:२१
राप्रपा पूर्वअध्यक्ष पशुपतिशम्शेर राणासँग असन्तुष्ट पक्षका नेता विक्रम पाण्डे ।

७ भदौ, काठमाडौं । राप्रपाका असन्तुष्ट नेताहरूले तीन जना पूर्व अध्यक्षहरूलाई ध्यानाकर्षण गराएका छन् । राप्रपाका संस्थापक अध्यक्ष लोकन्द्रबहादुर चन्द तथा पूर्वअध्यक्षद्वय पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग भेटेर वार्ता गरेका हुन् ।

महाधिवेशनको मिति तत्काल तोकेर निष्पक्ष र विश्वसनीय वातावरणमा महाधिवेशन सम्पन्न गर्न जरुरी भएको भन्दै उनीहरूले ध्यानाकर्षण गराएका हुन् ।

महाधिवेशनलाई प्रभावित पार्नेगरी विधान मिच्दै नेतृत्वले गरेको सबै कारबाही, निष्कासन फिर्ता लिनुपर्ने उनीहरूको माग छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले एकल नेतृत्वको शैलीमा पार्टीलाई अघि बढाएर संकट र समस्याहरू खडा गरेको उनीहरूले बताएका छन् ।

यही क्रममा डा. धवलशम्सेर राणा, विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, कुन्ति शाही, सगुन सुन्दर लावती लगायतका नेताहरूले बिहीबार राणा, शुक्रबार चन्द र शनिबार डा. लोहनीसँग भेटेका हुन् ।

पार्टीमा देखिएका समस्याहरू विधान बमोजिम समाधान गर्न र महाधिवेशन समयमै सम्पन्न गर्न असुन्तष्ट नेताहरुले बुधबार अध्यक्ष लिङदेनको लिखित रुपमै ध्यानाकर्षण गरेका थिए ।

लिङदेनबाट भएको विधानको श्रृंखलावद्ध उल्लंघन, मन नपरेका पार्टी नेता तथा सदस्यहरुलाई विधान मिच्दै मनलागी कारवाहीबाट उत्पन्न समस्या समाधान गर्न र पार्टी हित संरक्षण गर्नमा असन्तुष्ट नेताहरुले पूर्वअध्यक्षहरुको अभिभावकीय भूमिका अनुरोध गरेका छन् ।

तीन पूर्वअध्यक्षहरूसँगको भेटमा सकारात्मक आश्वासन प्राप्त भएको नेता सगुन सुन्दर लावतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?