+
+
Shares

उपसभामुख हटाउने निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग : राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १३:५३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग भएको बताएको छ।
  • राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत सत्तारुढ दलले बहुमत पुर्‍याउन उपसभामुखमाथि महाभियोग प्रस्ताव ल्याउनु संवैधानिक दुरुपयोग भएको बताएका छन् ।
  • कांग्रेस र एमालेले उपसभामुख रानाले पद अनुकूल आचरण नगरेको आरोपमा पदमुक्त गर्ने प्रस्ताव प्रतिनिधिसभामा लैजाने तयारी गरेका छन्।

३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने नेपाली कांग्रेस र नेकपा एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग भएको बताएको छ ।

सामाजिक सञ्जालमार्फत राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो बताएका हुन् ।

‘संवैधानिक परिषद्‍मा सत्तापक्षको बहुमत पुर्‍याउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो’ उनले लेखेका छन् ।

कांग्रेस र एमालेले उपसभामुख रानाले पद अनुकूलको आचरण नगरेको आरोपमा पदमुक्त गर्ने प्रस्ताव प्रतिनिधिसभामा लैजाने तयारी गरेका छन् । दुई दलका सांसदहरूले हस्ताक्षर संकलन नै सुरु गरेका छन् ।

तर, यस्तो निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग भएको राप्रपा अध्यक्ष लिङ्देनले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?