+
+
Shares

विश्वप्रकाशको प्रश्न- सीता दर्जीको पैसा सुप्रिमले डुबायो, सरकारले सम्झिएको छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते २१:१८

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी समाजवादको आधारशीला भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा ३४ हजार बढी सहकारी रहेको भन्दै यसलाई नियमन गर्न जरुरी रहेको बताए ।

न्याय फलनोलाई चाहियो भन्दा पनि पीडितले न्याय पाउनुपर्ने महामन्त्री शर्माको भनाइ छ ।

‘सहकारी समाजवादको एउटा आधारशीला हो । सिंगो समाजको हो । आज देशमा सहकारीले न्याय फलानालाई चाहियो भन्नेकुराहरू ल्याएको छ । ३४ हजार बढी सहकारीहरू छन्, त्यसलाई नियमन गर्ने निकाय चाहिन्छ,’ महामन्त्री शर्माको भनाइ छ ।

सहकारीबाट ठगिएका व्यक्तिले सहकारीमा जम्मा गरेको पैसा पाउने स्थितिको निर्माण गर्न जरुरी रहेको बताउँदै उनले सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुने विश्वास व्यक्त गरे ।

‘कम खाएर बुटवलकी सीता दर्जीले जम्मा गरेको पैसा बुटवलको सुप्रिम सहकारीले डुबायो । न्याय उनीहरूलाई नै चाहिएको छ । सरकारले सीता दर्जीलाई सम्झिरहेको छ की छैन मैले सोध्नुपर्छ ?,’ महामन्त्री शर्माले प्रश्न गरे, ‘यो देशमा एउटा सीता पूजिन्छन्, अर्की सीता लुटिन्छन् । सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुनेछ ।’

महामन्त्री शर्माले निजी क्षेत्रलाई निरूत्साहित गरेर शिक्षा विधेयक ल्याउन नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?