+
+
Shares

अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते ११:३७
गृहमन्त्री रमेश लेखक । फाइल फोटो

८ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन दुई पक्षबीचको सम्झौता पनि भएको बताएका छन् । दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने उनको भनाइ छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले भने, ‘जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझिदिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो ।’

उनले भने, ‘दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो ।’

केही व्यक्ति संविधान असफल बनाउने षड्यन्त्रमा लागेको बताउँदै उनले यदि वर्तमान संविधान असफल भए देशमा द्वन्द्व हुने बताए । यद्यपि संविधानलाई समय सापेक्ष संशोधन र संविधानको रक्षा आवश्यक हुने उनले बताए ।

संविधानले गरेको अधिकारको बाँडफाँटले द्वन्द्व उत्पन्न गराइरहेको भन्दै त्यसको व्यवस्थापन आवश्यक रहेको गृहमन्त्री लेखकले बताए ।

‘अहिले पालिकामा प्राकृतिक स्रोत साधनको वितरण र सीमाको द्वन्द्व छ । द्वन्द्वका धेरै पाटा छन् । उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वको व्यवस्थापन गर्नुपर्छ,’ उनले भने ।

द्वन्द्व व्यवस्थापनको विषयमा अध्ययन अध्यापन गर्नेहरु बढेको भन्दै उनले यसमा छात्रवृत्ति कोटा बढाउन आफूले पहल गर्ने मन्त्री लेखकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?