+
+
Shares

अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई अनरेवल मेन्सन अवार्ड

भारतको मुम्बईमा २६ साउनदेखि ५ भदौसम्म चलेको प्रतियोगितामा ६३ देशका २८८ विद्यार्थीहरूले खगोलशास्त्र, खगोलभौतिकी तथा सम्बन्धित विज्ञानका क्षेत्रमा आफ्नो ज्ञान र सीप प्रस्तुत गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १३:५१

८ भदौ, काठमाडौं। १८औँ अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाडमा नेपालले एक अनरेबल मेन्सन अवार्ड प्राप्त गरेको छ ।

भारतको मुम्बईमा २६ साउनदेखि ५ भदौसम्म चलेको प्रतियोगितामा ६३ देशका २८८ विद्यार्थीहरूले खगोलशास्त्र, खगोलभौतिकी तथा सम्बन्धित विज्ञानका क्षेत्रमा आफ्नो ज्ञान र सीप प्रस्तुत गरेका थिए ।

६०० पूर्णाङ्कको यस प्रतियोगितामा सहभागी विद्यार्थीहरूले ३०० पूर्णाङ्कको सैधान्तिक तथा ३०० पूर्णाङ्कको प्रयोगात्मक परीक्षा दिएका नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

चार भागमा सञ्चालन गरिएको प्रयोगात्मक परीक्षामा टेलिस्कोप (५०), आकाशीय नक्सा (५०), प्लानेटरियम (५०) तथा तथ्याङ्क विश्लेषण (१५०) सम्बन्धी प्रश्नहरू थिए । यी परीक्षामा प्राप्त अङ्कहरूका आधारमा आयोजकले जम्मा १७० सहभागीहरूलाई ५० स्वर्ण पदक, ४३ कास्य पदक, ५१ रजत पदक तथा २६ अनरेवल मेन्सन अवार्ड वितरण गरेका हुन् ।

पोखराका प्रत्युष पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि अनरेवल मेन्सन अवार्ड पुरस्कार प्राप्त गरेका हुन् । पौडेलले यसअघि नेपालमा आयोजित १२औँ राष्ट्रिय खगोल ओलम्पियाडमा तेस्रो स्थान हासिल गरी राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।

उनले प्राप्त गरेको यो सम्मान नेपालको लागि महत्वपूर्ण उपलब्धि रहेको सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिए । यसले अन्तर्राष्ट्रिय वैज्ञानिक प्रतिस्पर्धामा नेपाली युवाहरूको बढ्दो क्षमता र उपस्थितिलाई उजागर गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?