+
+
Shares

पौडी खेल्न बागमती नदीमा पसेका व्यक्ति मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १३:५०

८भदौ, काठमाडौं । पौडी लेख्न भन्दै बागमती नदीमा पसेका व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

मृत भेटिनेमा संखुवासभाको खाँदबारी नगरपालिका–११ घर भइ ललितपुर बस्ने २० वर्षीय अभिषेक राई छन् । शनिबार दिउँसो ५ बजेतिर उनी पौडी खेल्ने भन्दै गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल निकुञ्जभित्रको बागमती नदीमा पसेका थिए ।

त्यसपछि उनी बेपत्ता भएको भन्दै प्रहरीमा खबर आएको थियो । प्रहरी प्रभाग सुन्दरीजल, नेपाली सेनाको विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरी बलको टोली समेत खोजतलासका लागि खटिएको थियो ।

शनिबार उनी फेला पर्न सकेनन् । आज आइतबार भने बागमती नदीको बोक्सी दह नजिकको ढुंगाको कापमा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपील राज बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?