+
+
Shares

‘क्रमशः गैरनाफामूलक बनाउने’ शब्द विधेयकबाट हटाउन निजी विद्यालय सञ्चालकको दौडधुप

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकबाट 'गैरनाफामूलक' शब्द हटाउन दबाब दिइरहेका छन्।
  • प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले भदौ १२ मा विद्यालय बन्द गर्ने आन्दोलन घोषणा गरेका छन्।
  • विधेयकले अति विपन्न र गरिबका लागि ३ प्रतिशत पूर्ण छात्रवृत्ति व्यवस्था गरेको छ, निजी विद्यालयहरूले असन्तुष्टि जनाएका छन्।

८ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकबाट क्रमशः गैरनाफामूलक शब्द हटाउन निजी विद्यालय सञ्चालकहरू लागिपरेका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट संसदमा पेश भएको विधेयकबाट क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन लागिपरेको हो ।

विद्यालय बन्द गर्नेसहितको आन्दोलन घोषणा गरेका  प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले विधेयक सच्याउन दबाब दिइरहेका छन् ।

‘कम्पनीमा सञ्चालन गरेर कसरी गैरानाफामूलक हुन्छ ?,’ प्याब्सन अध्यक्ष कृष्ण अधिकारीले प्रश्न गरे ।

विद्यालय सञ्चालन गर्दा लोककल्याणकारी र सेवामूलक रुपमा सञ्चालन गर्नुपर्ने भन्दै शिक्षा समितिले निजी विद्यालयलाई क्रमशः गैरनाफामूक बनाउने पारित गरेको थियो ।

यसको विरोधमा निजी विद्यालय सञ्चालकहरू आन्दोलित भएका हुन् । निजी विद्यालय सञ्चालहकहरूले भदौ १२ मा विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

‘आन्दोलनको कार्यक्रमबाट ब्याक भएका छैनौं,’ एनप्याब्सन अध्यक्ष सुवास न्यौपानेले भने ।

निजी विद्यालयहरूले पूर्ण छात्रवृत्तिमा पनि असन्तुष्टि जनाएका छन् ।  समितिबाट पारित भएको विधेयकमा अति विपन्न र गरिबलाई ३ प्रतिशत पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

पूर्ण छात्रवृत्तिमा आवास र पोशाक सुविधा दिन नसकिने निजी विद्यालयहरूको भनाइ छ । आन्दोलनसँगै अनौपचारिक वार्ता पनि जारी रखेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कांग्रेस, एमाले, माओवादीका नेताहरूसँग निजी विद्यालय सञ्चालकहरूले भेटिरहेका छन् ।

माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?